जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण

तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण

असारको अन्तिम साता आएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ ।

दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक÷एक प्याकेट बाढी प्रभावित उक्त क्षेत्रका कूल एक सय घरमा वितरण गरिएको थियो । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा गरिएको राहात सामाग्री वितरण कार्यक्रममा आइएमई ग्रुपमा कार्यरत स्थानीय प्रतिनिधिहरू एवम् व्यवसायीक साझेदारहरू समेतको उपस्थिति रहेको थियो ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको यस फाउन्डेसनले प्राकृतिक विपत्तीबाट प्रभावितहरूको पुर्नस्थापनामा विशेष योगदान पु¥याउँदै आएको छ । फाउन्डेसनले विभिन्न कारणले बाबुआमा गुमाएका १५ बालवालिकाहरूलाई काठमाडौंको सानोगौचरस्थित महेन्द्र आवसीय माध्यामिक विद्यालयमा पूर्ण छात्रवृत्तिमा आवासीय पठनपाठनको व्यवस्था मिलाएको छ ।

7930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?