जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • वाणिज्य बैंकमा बिहानी सेवा

वाणिज्य बैंकमा बिहानी सेवा

राष्ट्रिय वाणिज्य बैंक बेंसीसहर शाखाले अतिरिक्त समयमा कारोबार सुरु गरेको छ । बडादसैंको अवसरमा सेवाग्राहीहरूको भीड बढेपछि शाखाले बिहान र बेलुकाको समयमा अतिरिक्त सेवा प्रदान गरेको हो ।

बैंकमा सेवाग्राहीहरूको भीड बढेपछि सेवालाई सहज बनाउन बिहानको समयमा अतिरिक्त सेवा दिएको राष्ट्रिय वाणिज्य बैंक बेंसीसहर शाखाका प्रवन्धक सोमनाथ पौडेलले बताए । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म अतिरिक्त समयमा बैंकबाट काम कारबाही भइरहेको शाखा प्रबन्धक पौडेलले बताए ।

“अहिले दसैंको बेला सेवाग्राहीको भीड निकै बढेकाले बिहानमा पनि अतिरिक्त सेवा दिएका छौं,” पौडेलले भने, “बिहान ७ बजेदेखि ९ बजेसम्म अतिरिक्त कारोबार भइरहेको छ ।”

बैंकमा विशेष गरी दसैंका लागि नयाँ नोट सटही, तलब, पेन्सन लिनेलगायतका सेवाग्राहीहरूको भीड बढेको छ ।

6450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका