जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • महरा सरलाई विप्लपको अभिवादन

महरा सरलाई विप्लपको अभिवादन

१० वर्षसंगै जनयुद्ध गरेका निर्वतमान सभामूख कृष्ण बहादुर महरालाई आफ्नै सहकमी नेत्र विक्रम चन्द विप्लव हिरासतमा रहेका महरालाई विप्लवको क्रान्तिकारी अभिवादन सहितको पत्र लेख्दै विभिन्न सञ्चार माध्याम र सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । हेरौ पत्रका केके छ त ? जस्ताको तस्तै

प्रिय महरा सर,
क्रान्तिको समरबाट अभिबादन ।
हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो, जहाँ केवल एकजनासँग मात्रै प्रेम बिबाह

अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिलासँगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।
सर तपाइको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् ! घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेलिरातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ । तर ढिला भैसकेको छ महरा सर ।

मलाई आज कामरेड भनेर सम्बोधन गर्न गाह्रो भयो । मसँग सरको सम्बोधन बाहेक अरु केही रहेन । म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उसा किरणसँगै छु । उज्यालो उसा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासँगै नष्ट हुनसक्छ तर बिचार जिबित रहनेछ, म नभएर के भयो र रु आखिर बिचार त बाँचिरहनेछ । अँ साँच्ची संसदीय व्यवस्थाले तपाइको जिबन उदाङ्गो पारिदियो ।

कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्नि्हित कारक तत्व संसदीय ब्यबस्था हो । यो व्यवस्थाले अन्तर्नि्हित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराईदिन्छ । किन कि संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ । हो महरा सर त्यहि भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम्म ढल्नु भएको हो । दोष त तपाइको थिएन, थियो त केवल त्यहि व्यबस्थाको थियो।
सर्बहाराले देखेको कुरा हो, हुस्किको चुस्कीले मात लगाउछ, मात लागेको मनले उत्तेजित बनाउछ । आखिर धन सम्पती न हो दम्भ देखाउछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किन्छ, अनि पोखिन्छ । हो त्यस्तै भएको हो तपाइको आदर्शको जिन्दगी, यो दोष पनि त्यहि पातकी संसदीय ब्यबस्था हो । कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो, यो सब ब्यबस्थाकै कारण हो ।

मैले यतिबेला सम्झिरहेको छु । चुनबाङ्ग बैठकपछि प्रचण्ड कामरेड र बैद्य कामरेडको बैचारिक धार विभाजन हुँदा तपाई मौन भएर दोसाँधमा उभिनुभएको थियो । नत प्रचण्डको बिचारमा तपाईको अडान थियो नत बैध्य कामरेडको बिचारमा थियो । तर अन्ततस् तपाई प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नुभयो । जसको फलस्वरूप आज इनाम पाउनुभयो, म निकै दुखि छु ।
मेरा युद्धकालिन मित्र बादलले हत्कडी लगाएर आज हिरासत पठाए, त्यो उनले नुनको सोझो गर्ने कर्तब्य थियो । आशा गर्छु छानबिनपछि अडिक आदर्श सहित मेरा आदरणीय महरा सर फर्किनुहुनेछ र फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’ ।

क्रान्तिकारी अभिबादनसहित उही कमरेड विप्लव ।

8120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?