जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्रभु बैंकले कार्तिक २१ देखि ऋणपत्र निष्काशन गर्ने

प्रभु बैंकले कार्तिक २१ देखि ऋणपत्र निष्काशन गर्ने

प्रभुले कार्तिक २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ  । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो  ।

जस मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि र ६ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि गरिने बैंकले जनाएको छ  । सर्बसाधारणलाई बिक्रि गरिने ४ लाख कित्ता मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषलाई बिक्रि गर्नको लागि छुट्याईएको छ  ।

‘ प्रभु बैंक डिबेन्चर २०८६’ दिइएको १० बर्षे अवधिको यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशन गर्नको लागि  सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

लगानीकर्ताले छिटोमा कार्तिक २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन पर्न नसकेमा मंगसिर २० गतेसमम्म आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम २५ कित्ता अर अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

4990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका