जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • अध्यक्ष नियुक्त नहुन्जेल धितोपत्र बोर्डको नेतृत्व जिम्मा पौडेललाई

अध्यक्ष नियुक्त नहुन्जेल धितोपत्र बोर्डको नेतृत्व जिम्मा पौडेललाई

नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले पाएका छन्। अर्थ मन्त्रालयले अध्यक्ष नियुक्त नभएसम्मको लागि बोर्डको दैनिक कार्य सञ्चालन गर्न पौडेललाई अख्तियारीसहित जिम्मेवारी प्रदान गरेको हो।

कात्तिक १ गतेदेखि अध्यक्षबाट डा. रेवतबहादुर कार्की अवकाश भएपछि बोर्ड नेतृत्वबिहिन थियो। पदपूर्ति प्रकृया अगाडि नबढ्दा मन्त्रालयले पौडेललाई जिम्मेवारी दिएको हो।

बोर्डको बैठक बस्नु परेमा हाल कायम भएका सञ्चालकहरुमध्येबाटै एक जनाले संयोजन गर्न सक्ने पौडेलले बताए। बोर्डको अध्यक्षता पौडेलले गर्न पाउँदैनन्। अध्यक्ष नहदा बोर्डका साना साना कामहरु अड्किरहेको थियो। अब ती काम सुचारु हुने छन्।

प्राथमिक शेयर निष्काशन तथा अन्य निष्काशनको अनुमति दिने काम रोकिँदै आएको थियो। बोर्ड नियामक निकाय भएकोले बजारमा घट्ने हरेक घटनालाई हेरेर आवश्यक निर्देशन दिनु पर्ने हुन्छ। अध्यक्ष नहुँदा यस्तो काम रोकिँदै आएको थियो।

हाल बोर्डको अध्यक्षको दौडमा बोर्ड भित्रैबाट कार्यकारी निर्देशक पौडेल र निरज गिरिका साथै उप कार्यकारी निर्देशक नवराज अधिकारी छन्। त्यस्तै मन्त्रालयले अध्यक्ष बनाउने आश्वासन दिँदै विज्ञ सदश्यको रुपमा बोर्ड प्रवेश गरेका भीष्मराज ढुङ्गाना पनि बलियो दाबेदारको रुपमा छन्। नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको नाम पनि चर्चामा छ।

7880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?