जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कृषि विकास बैंक र सिटिजन्स बैंकको ५ अर्बको ऋणपत्र आउने

कृषि विकास बैंक र सिटिजन्स बैंकको ५ अर्बको ऋणपत्र आउने

कृषि विकास बैंक र सिटिजन्स इन्टरनेशनल बैंकले ऋणपत्र निष्काशन गर्ने भएका छन्। दुबै बैंकले साढे दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

दुबै बैंकले सर्वसाधारणको लागि एक/एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने छन्। कृषि विकास बैंकले १०.३५ प्रतिशत व्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गर्ने छ। त्यस्तै सिटिजन्स बैंकले १०.२५ प्रतिशत व्याजदरमा २०८६ सम्मको अवधिका लागि निष्काशन गर्ने छ।

सिटिजन्सको म्याद धेरै हुँदा केहि थोरै व्याजदर रहेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ। यसै व्यवस्था अनुरुप बैंकहरुले ऋणपत्रको निष्काशन गर्ने तयारी गरिरहेका छन्।

हाल ५ वटा बाणिज्य बैंकहरुले ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। चार वटा बाणिज्य बैंकहरुले भने अनुमति पाएर ऋणपत्र निष्काशन गरेका छन्।

बैंकिङ तरलताको अभावले उच्च व्याजदरमा ऋणपत्र निष्काशन हुँदा पनि माग अनुसार आवेदन भने पर्न सकेको छैन। नेपाल राष्ट्र बैंकले दीर्घकालिन स्रोतका लागि बाटो खुला गर्दै ऋणपत्रको निष्काशन गर्न निर्देशन दिएको हो।

7710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका