![अध्यक्ष चापागाईको बीमामा मनपरी](http://aarthikbazarnews.com/wp-content/uploads/2019/12/aarthik-Banner-1024x512.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपालका जीवन र निजीवन बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति भित्रको बेतिथी हेर्दा दिक्क लागेर आउने गरेको छ । बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको मनपरी निर्देशनले बीमा कम्पनीहरु दिक्क मात्रै भएका छैनन् । कम्पनीनै चलाउन नसक्ने अवस्था आएको बताउँदै आएका छन् ।
अर्थभन्त्री डा.यूवराज खतिवडाले शुरुदेखि नै मनपराएका तत्कालीन माओवादी कोटाबाट बीमा समितिको अध्यक्ष बन्न सफल भएका चापागाई कमाउ धन्दामा लिप्त भएको बीमा कम्पनीका सीइओहरुकै दाबी छ ।
एक सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग भनेः– साधारण सभा गर्ने फाइल देखि पूँजी बृद्धि गर्ने योजनाका फाइला सदर हुन महिनै लाग्ने गरेको छ । यति मात्रै होइन साना साना उजुरी परेभने पनि चोरलाई जस्तै व्यवहार गर्दै पैसा माग्ने परम्परा अझै बीमा समितिमा छ ।
उनीले दाबी गरे सानो गल्ती भेटियो भने आफै अध्यक्ष चापागाईजीले बोलाएर धम्काउने र उनीले भनेका काम नगरे कारवाही गर्ने चेतावनी दिने गर्दछ । यो कस्तो नियमनकारी निकाय हो ?
दशैं तिहारमा जीवन र निजीवन बीमा कम्पनीहरुले बीमा समितिका पियन देखि अध्यक्षसम्मलाई हुस्कीको बोतल र चेग्रा देखि मिठाईसम्मका उपहार नपु¥याए कारवाही गर्ने धम्की दिन्छ र विनाकारण निरिक्षण पठाएर धम्क्याउने काम हामीलाई हुन्छ । यी माथीका शब्द नाम नलेखिदिने शर्तमा एक ठूलो बीमा कम्पनीका सीइओले पंक्तिकारलाई बताए । मुलुकका अर्थमन्त्री डा.यूवराज खतिवडाले बीमा समितिको सम्सोधन सहितको विधेयक नै ल्याएर अध्यक्ष चापागाई हटाउने अन्तिम तयारी गरे पनि तत्कालीन सभामुख कृष्ण बहादुर महराले उक्त विधेयक सदनमै पेश गरेनन् कारण थियो । बीमा समितिका अध्यक्ष चापागाईको महरा भक्ती । बीमा समितिलाई कमाउने भाँडो बनाएका अध्यक्ष चापागाईका पछिल्ला गतिविधि देखेर अर्थमन्त्री खतिवडा आजित मात्रै भएका छैनन् । अध्यक्ष चापागाई बिरुद्ध अर्थमन्त्रालयमा परेका सयौं उजुरी उपर छानवीन गरिरहेका छन् । अर्थमन्त्री उच्च स्रोतको दाबी छ ।
सुन्दा पनि अचम्म लाग्ने तर, हेर्दा ठिक हो जस्तो हुने गरि एउटा काम हालै बीमा समितिका अध्यक्ष चापागाईबाट भएको छ । त्यो हो व्यक्तिवादी निर्णय बीमा समितिका अध्यक्ष चापागाईले एउटा बीमा कम्पनी जनरल इन्स्योरेन्सका लागि विधेयक संस्थागत सुशासन सम्बन्धी निर्देशिका नै परिमार्जन गरेर उमेरहद नै बढाएर ७० पु¥याए यो भन्दा पत्याउन गाहे होला । अर्थमन्त्री डा.युवराज खतिवडाज्यू तर यो पनि सत्य हो ।
कथा मिठो छ आर्थिक चलखेल मोटा छ । बीमा समितिका अध्यक्ष तत्कालीन माओवादी कार्यकार्ता चिरनजीवी चापागाईको बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आफैंले बनाएको नियमबिपरित काम गरेको तथ्य छताछुल्ल भएको छ । समितिले बनाएको एउटै नियम एकै व्यक्तिलाई फरकफरक संस्थामा फरकफरक तरिकाले कार्यान्वयनमा ल्याएको देखिन्छ । यसलाई समितिका अध्यक्ष चिरनजीवी चापागाईको कमाउन धन्दा भन्ने कि नभन्ने अर्थमन्त्री डा. खतिवडा ज्यू यसको उत्तर तपाईसंग छ ।
समितिले १ वर्षअघि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्दे्शिका–२०७३ लाई परिमार्जन गरी ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्दे्शिका २०७५’ नै लागू ग¥यो ।
उक्त निर्दे्शिकामा बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यकाल, योग्यता र उमेरहद तोकिएको थियो । जसमा बीमा कम्पनीहरुका सीइओको शैक्षिक योग्यता, अनुभव तथा उमेरको हद ७० वर्ष तोकेको थियो भने कुलिङ पिरियड ६ महिना तोकिएको थियो । यो उसकै वेभसाइटमा अझै छ ।
यसअघिको निर्दे्शिकामा सीइओको उमेरहद ६५ वर्ष तोकिएको पनि थियो । कथा मिठो छ हेर्दै जाऊ । त्यसअघिका निर्दे्शिकामा बीमा समितिले सञ्चालक, सीइओ तथा कर्मचारीको उमेरहद तोकेको नै थिएन ।
समितिको नयाँ निर्दे्शिका अनुसार ‘कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत वा विभागीय प्रमुख बन्नका लागि ७० वर्ष ननाघेको, बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानून, गणित, तथ्यांकशास्त्र वा इञ्जिनियरिङ विषयमा कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने, व्यवस्थापन तहमा बसेर काम गरेको ५ वर्ष वा वित्तीय क्षेत्रमा भए कम्तीमा ८ वर्ष वा दुबै क्षेत्रमा कार्यानुभव भएको, स्नातक पढेकाका हकमा भने १३ देखि १५ वर्षको कार्यानुभव हुनुपर्ने’ व्यवस्था गरेको थियो तर अध्यक्ष चापागाईले आफैले जारी गरेको निर्दे्शिकाले अयोग्य ठहर गरेको व्यक्तिलाई हाल निर्जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न योग्य ठहर गरी कम्पनीको सञ्चालक समितिलाई ती व्यक्तिको नियुक्तिको स्वीकृति दिएको भेटिएको छ । यो कस्तो नियमक निकाय हो अर्थमन्त्री खतिवडाज्यू ?
नेशनल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स हुँदै सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा २ कार्यकाल महाप्रबन्धकको जिम्मेवारी सम्हालेका एस.के.तमोटलाई कम्पनीको सञ्चालक समितिले पुन कार्यकाल थप गरी सीइओमा नियुक्त गर्न बीमा समितिलाई पत्र नै पठाए थियो । बीमा समितिले निर्दे्शिकाअनुसार टमोटको योग्यता र उमेर कम्पनीको सीइओका लागि अयोग्य ठहर गरेको थियो । जसकारण तमोट सिद्धार्थ इन्सोरेन्सबाट ३ वर्ष अगाडि बाहिरिए । समितिको निर्देशन अनुसार उक्त समयमा बीमा कम्पनीको सीइओको उमेर ६५ वर्ष नकाटेको हुनुपर्ने थियो । तमोटले आफ्नो फेसबुकमा सन् १९४६ अगष्ट ३ मा जन्मेको उल्लेख गरेका छन् । जसअनुसार जनरल इन्स्योरेन्समा नियुक्ति भएको समय तमोट ७० वर्ष पूरा भइसकेका थिए ।
ताकेकोभन्दा ४ वर्षबढी भएकै कारण समितिले पुनः कम्पनीमा सीइओ पदका लागि नियुक्त गर्न स्वीकृति नदिएको तमोट पछिल्लो समय आएको नयाँ निर्जीवन बीमा कम्पनीमा सीइओ पदमै कार्यरत छन् । भन्दा अचम्म लाग्ला तर, यो पनि सत्य हो अर्थमन्त्री डा. खतिवडा ज्यू ।
पछिल्लो पटक समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्दे्शिका परिमार्जन गरी बीमा कम्पनीको सीइओहरुको उमेरहद ७० वर्ष बनाएर जारी गर्नुभन्दा २ महिना अगाडि तमोट जनरल इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्त भएर हालसम्म पनि कम्पनीको सम्पूर्ण जिम्मेवारी सम्हालेर बसेका छन् । समितिको नियमअनुसार त्यो समय ६५ वर्ष नाघेको व्यक्ति संस्थाको सीइओ हुन अयोग्य ठहरिन्छ । जुन नियममा रहेर बीमा क्षेत्रबाट नै बाहिरिएका तमोट त्यही नियमनमा निर्दिष्ट हुँदै पुनः नयाँ निर्जीवन बीमा कम्पनीमा सीइओको जिम्मेवारी बहन गर्न पुगेका हुन् ।
बीमा कम्पनीमा सीइओ बाहेक अन्य कर्मचारीलाई सरकारले तोकेको उमेरहद र अवकास नीति ३० वर्ष कार्यकाल वा ५८ वर्षको उमेरहद सबै बीमा कम्पनीका कर्मचारीमा यो व्यवस्था लागू भएको देखिदैन ।
तमोट समितिले तोकेको उमेरहदमा पनि बीमा क्षेत्रमा काम गर्न अयोग्य छन् भने सरकारी नीति अनुसार पनि अयोग्य नै छन् । लामो समयसम्म सञ्चालनको स्वीकृति पाउन बीमा समितिमा पाइपलाइनमा बसेर जनरल इन्स्योरेन्स कम्पनीले सञ्चालनको स्वीकृति पाएको थियो ।
समितिले आफैले अयोग्य ठहर गरेको तमोटलाई कम्पनीको सम्पूर्ण जिम्मेवारी सम्हाल्न स्वीकृति मात्र होइन समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्दे्शिका नै परिमार्जन गरेर उमेर हद बढाएर ७० वर्ष पुर्यायो । यो कस्तो खेल हो अर्थमन्त्री ज्यू यहाँ कति आर्थिक चलखेल भयो सहजै भन्न सकिन्छ ? वीमा समितिका अध्यक्ष चिरनजीवी चापागाई माथी कस्ले गर्ला कारवाही ?
जसकारण हालसम्म पनि नयाँ नियममा अयोग्य नै ठहर हुने ७५ वर्ष उमेर पुग्न लागेको तमोटलाई बीमा समितिले नै सीइओ प्रमुखमा नियुक्ति हुन स्वीकृत दिएर आफ्नै नियमको खिल्ली उडाएको छ अर्थमन्त्री ज्यू ? यसबारेमा पटक÷पटक प्रतिक्रिया लिन खोज्दा बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईले पंक्तिकारसंग बोल्न चाहेनन् । उनीकी पीएले उहाँले यसबारेमा केही नबोल्ने र भनी फोन राखी दिइन । बीमा समितिको अध्यक्ष भए देखि नै कमाउन धन्दा चलाएर बसेका अध्यक्ष चापागाईको सहयोगी पात्र बनेका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल । भन्दा फरक नपर्ला ।
अर्थमन्त्रीज्यू जम्मा जम्मी निजीवन र जीवन बीमा लेखकै हिसाब गर्ने हो भनेः– नेपालको जनसंख्याको करिब २० प्रतिशत पनि छैन । तर, जीवन र निजीवन नेपालका बीमा कम्पनीलाई निर्देशन दिने नै कमाउन धन्दामा लागेपछि सरकारले लिएको स्वास्थ्य बीमाले किन हावा नखाओस् त । सचेत भया ।