जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ‘पर्यटन लगानी सम्मेलन’असोजमा

‘पर्यटन लगानी सम्मेलन’असोजमा

नेपालको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो । विश्व बैङ्कसँगको सहकार्यमा त्यस्तो सम्मेलन आयोजनाको योजना बनेको भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्यले बताए । उनका अनुसार २०७७ असोज ६ गते यस्तो सम्मेलन आयोजना गर्ने योजना छ ।

भ्रमण वर्षको सफलता नयाँ भित्रने लगानीले पनि निर्धारण गर्ने भएकाले यस्तो सम्मेलन आयोजनाको तयारी गरिएको उनले जानकारी दिए। भ्रमण वर्ष खाली सङ्ख्याले मात्र सफल हुँदैन, उनले भने, नयाँ लगानी र त्यसले सिर्जना गर्ने रोजगारीको पनि यसको सफलतामा महत्वपूर्ण भूमिका हुन्छ । सम्मेलनमा पर्यटन क्षेत्रसँग सम्बन्धित स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । सम्मेलनको मिति तय भए पनि स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

यसअघि नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दुईवटा लगानी सम्मेलन आयोजना भइसकेको छ तर लगानी सम्मेलनपछिको उपलब्धि कार्यान्वयनको अवस्था भने कमजोर छ । त्यही परिस्थितिलाई ध्यानमा राखेर पर्यटन लगानी सम्मेलन भने अलि फरक ढङ्गबाट गरिने वैद्यको भनाइ छ । लगानी प्रतिबद्धतालाई कार्यान्वयनमै ल्याउने गरी सम्मेलनको आयोजना हुने उनले बताए ।

सम्मेलनले पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा योगदान बढाउने अपेक्षा सचिवालयको छ । जीडीपीमा पर्यटन क्षेत्रको योगदान अहिलेको तीन प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याउने सरकारको लक्ष्य छ । सन् २०२५ सम्मको उक्त लक्ष्यलाई पूरा गर्न उक्त सम्मेलन सहयोगी हुने वैद्यले बताए ।

7425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका