जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग बीच सहमती

सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग बीच सहमती

सनराइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उपलब्ध हुने विमा सुविधा सहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा नजिकको सनराईज बैंकका शाखाहरु मार्फत उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सनराइज बैंकको प्रधान कार्यालय, गैह्रीधारामा बुधबार भएको एक कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्पmबाट संघका अध्यक्ष वीरेन्द्र जटि र बैंकको तर्पmबाट व्यापार बैंकिङ्ग प्रमुख हरि प्रसाद आर्चायले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम रोजगार सृजना गरि आर्थिक उन्नति चाहने महिला उद्यमी तथा नेपाल राष्ट्र बैंकले तोकेको योग्यता पुगेका अन्य व्यक्ति तथा व्यवसायीले पनि नजिकको सन्राइज बैंकसंग हातेमालो गर्न सक्ने बताउनु भयो ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघमा आवद्व उद्यमीहरुलाई बीमा, व्याज अनुदान तथा निर्यातमा नगद प्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा जानकारीमुलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण लघू, साना तथा मझौला उद्यमी÷महिला सदस्यहरुलाई उद्यमशिलता विकास सल्लाह, बीमा र व्याज अनुदान तथा निर्यातमा नगद प्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जा लगानीमा सन्राइज बैंक हातेमालो गर्न तयार रहेको कुरा जानकारी गराईएको थियो । आगामी दिनमा यस्ता जानकारीमुलक कार्यक्रमलाई देशको अन्य भागमा रहेको सन्राइज बैंकका शाखाहरुबाट समेत निरन्तरता दिने कुरा जानकारी गराइयो ।

12340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका