जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एक्काइस तोला सुनसहित युवक पक्राउ

एक्काइस तोला सुनसहित युवक पक्राउ

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताउनुभयो ।

रु १६ लाख २४ हजार ६०६ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुन बा१२प ५०७६ नम्बरको कारमा राखी नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका– ८ स्थित सडकमा आज बेलुका करिब ५ः३० बजे जाँच गर्दा युवक महतो सुनसहित पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ ।

7225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका