जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • कुमारी बैंकको खुद नाफा ८० करोडभन्दा बढी

कुमारी बैंकको खुद नाफा ८० करोडभन्दा बढी

कुमारी बैंकले यस वर्षको दोस्रो त्रैमाससम्म रू. ८० करोड ३० लाख खुद नाफा गरेको छ । यो नाफा गत वर्षको दोस्रो त्रैमाससम्म रू. ६७ करोड ६२ लाख थियो । गत वर्षभन्दा यस बर्ष बैंकले १८ दशमलव ७५ प्रतिशत बढी नाफा गरेको हो ।

यो वर्ष बैंकले रू. १ ऋबर्् १३ करोड ४० लाख सञ्चालन नाफा गरेको छ । गत वर्षभन्दा यस बर्ष सञ्चालन नाफा १७ प्रतिशत बढी भएको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख छ ।

१० प्रतिशत बोनस पश्चात बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ४१ लख पुगेको छ । जगेडा कोष रकममा पनि गत वर्षको तुलनामा ७ प्रतिशत बृद्धि देखिएको छ ।

गत वर्ष दोस्रो त्रैमाससम्म रू. २ अर्ब ९ करोड ५० लाख रहेको जगेडा कोष रकम यस वर्ष रू. २ अर्ब २४ करोड ४८ लाख कायम भएको छ । निक्षेप संकलन गत वर्षभन्दा १० प्रतिशत बढी रू. ८० अर्ब ६७ करोड ५२ लाख र कर्जा प्रवाह १० दशमलव ८२ प्रतिशत बढी रू. ८० अर्ब ९२ करोड ५२ लाख भएको छ ।

बैंकको निष्क्रिय कर्जा १ दशमलव शून्य ४ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १६ दशमलव ७६ रहेको छ ।

5650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका