जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले पहिलो पटक लाभांश दियो

राष्ट्रिय वाणिज्य बैंकले पहिलो पटक लाभांश दियो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभाले १२ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारण सभामा बैंकका शेयरधनीहरु  नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि शेयरधनिहरु अमृतनाथ रेग्मी र दामोदर प्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे, राजेश शाक्य र रामगोपाल महर्जनले टिप्पणी गरेका थिए । सो टिप्पणी एवं जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले जवाफ दिएका थिए ।

सो साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु धनिराम शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी र केशसबप्रसाद लम्सालको उपस्थिति रहेको थियो ।

उपकार्यकारी अधिकृतहरु, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल र विभागीय प्रमुखहरु, लेखापरिक्षक, सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्षहरु लगायतकोे उपस्थिती रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

8560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?