जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • सिभिल बैंकको नयाँ शाखा नवलपरासीको सुनवलमा

सिभिल बैंकको नयाँ शाखा नवलपरासीको सुनवलमा

सिभिल बैंकले नयाँ शाखा नवलपरासीको सुनवलमा सञ्चालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आईतवार नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरेको छ । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरेका हुन् ।

शाखा उद्धघाटन गर्दै सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिदै नगरवासीलाई आफुलाई आवश्यक पर्ने  पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे  । उनले आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरेका छन् ।

उक्त अवसरमा सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

उक्त समारोहका सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना, सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा, सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, सुनवल उद्योग वाणीज्य संघका अध्यक्ष रमेश कर्माचार्य, सिभिल बैंकका प्रदेश ५ का प्रमुख किरण धमला लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारबढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको छ । बैंकको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेकोे पनि बैंकले जनाएको छ ।

8920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका