जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • तिमी काम गरेर अघि बढ भनेर ढुक्क पार्ने संचालक समिति र शेयरधनीको भुमिका ठुलो छ

तिमी काम गरेर अघि बढ भनेर ढुक्क पार्ने संचालक समिति र शेयरधनीको भुमिका ठुलो छ

ज्योति बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो कार्यकाल आज बैशाख 15, 2077 सम्म रह्यो। दुई बर्ष कार्यकाल पुरा हुनु संगै बैंकबाट बिदा हुने समाचारहरु प्रकाशित भए पछि बैंकका साथीहरु तथा मेरा शुभचिन्तक हरुको अनगिन्ती फोनहरु आएर एकछिन पनी काम गर्न नपाएको अबस्था सिर्जना भइ मैले फोन नै अफ गरेको थिए। बिभिन्न संचारका माध्यामबाट समेत उत्तीकै उत्तीकै शुभेच्छा प्राप्त गरेको छु। यति धेरै माया र सदासयताको लागी सबै प्रति आभार ब्यक्त गर्न चाहन्छु।

म  2073 असारमा ज्योति बिकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकसंग जोडिदै गर्दा बैकको 24 वटा शाखा, रु.98 करोड पुजी,  रु.7.5 अरब निक्षेप र  रु. 6 अरब कर्जा थियो भने हामी 200 हाराहारी कर्मचारी थियौ। हाल बैंकको 105 वटा शाखा, रु.350 करोड पुंजी रु.34 अरब निक्षेप र  रु. 29 अरब कर्जा छ भने 800 भन्दा बढि कर्मचारी साथीहरु बैंकमा हुनुहुन्छ। त्यती बेला रु.15 करोड रहेको मुनाफा गत बर्ष नै रु.53 करोड भन्दा माथी रह्यो र बैंकले अहिले सम्मकै सबैभन्दा बढि लाभांस (12.75%) बितरण गर्न सफल रह्यो। सम्पत्तिको गुणस्तर अझै परिस्कृत रह्यो 1.39% रहेको निस्कृय कर्जा, कर्जाको यस्तो बिस्तारमा पनी अझै घटेर 0.54% मा सिमीत रह्यो।

धैरै प्रोडक्टहरु थप्यौं, नितीहरु बनायौं, IT security मा काम गर्यों, बैंकलाई प्रबिधीसंग जोड्यौं।मैले 1.5 बर्ष नायब प्रमुख कार्यकारी अधिकृत, 4.5 महिना का.मु. प्रमुख कार्यकारी अधिकृत र 2 बर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरें र संस्थाको सबै सुचकांकहरु चार बर्ष भन्दा कम अबधीमा धेरै माथी पुगेका छन। यस बिचमा हामीले अरु तिन वटा क्षेत्रीय स्तरका बिकास बैकहरु प्राप्ति/मर्जर प्रक्रिया सफलता पुर्वक सक्यौ। यो समय बैंकिङको लागी धेरै कारणले चुनौति पुर्ण थियो र तरलता अभावको कारण व्याबसाय बृद्दि अझ धेरै चुनौति पुर्ण थियो।

मेरा संगीसाथी तथा आफन्तहरुको साथ, नियमनकारी निकायको मार्गदर्शन, मेरा असल सहकर्मीहरुको दिनरात मेहनेत, शेयरधनी र ग्राहकहरुको विश्वास, तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुंवरले बनाईदिएको आधार र संचालक समितिको मार्गनिर्दैशन तथा दिएको सिकाईको भुमिका महत्वपुर्ण छ। संगै हामी पुंजी पुर्याउछौं तिमी काम गरेर अघि बढ भनेर ढुक्क पार्ने संचालक समिति र शेयरधनीको भुमिका ठुलो छ; आजको ज्योति हुनुमा। संगै मलाई बेला बेलामा व्यबस्थापनमा के गरौं के गरौं हुंदा सल्लाह सुझाब दिने मेरो अग्रज र गुरुहरुको भुमिका त्यत्तीकै छ; सबै नामहरु मनमा छन यहां भनीन। मलाई अलीकति अपठ्यारो पर्दा साथ के गरौं भनेर सम्झिने नामहरु प्रति आभार। मेरा अग्रज तथा गुरु आदरणिय रत्नराज बज्राचार्य सर प्रति बिशेष आभार ।

म प्रमुख कार्यकारी अधिकृतको हैसियतमा अब नरहने भएता पनी मेरा सयौ सहकर्मी साथीहरु यहि हुनुहुन्छ। मलाई विश्वास गरेर बैंकमा बस्ने साथीहरु धेरै हुनुहुन्छ। मलाई मेरो सहकर्मी साथीहरुको मर्मस्पर्सी म्यासेज र उनीहरुको फोनमा रोएको आवाजले मलाई अझै जिम्मेवार वनाएको छ। मेरो एउटा अपुरो सपना यो संस्था संगै छ अनी संस्था एकदमै मजबुत र सहि गतिमा छ भन्ने विश्वास पनी। संस्थामा व्याक्ति होईन त्यहां भएको संस्थागत सुशासन, निती, बिधी र योजना महत्वपुर्ण हुन्छ र यसमा हामीले विश्वास गर्नुपर्छ। हामी 802 जना सहकर्मी साथीहरुमा म एक जना जिम्मेवारीमा नरहे पनी बांकी 801 जना बैंक मै हुनुहुन्छ, हामीले संगै देखेको सपना पुरा गर्न लाग्नुहोस र संस्थालाई अब्बल बनाउनु होस। सबैले एक अर्कालाई दोष लाएर पन्छिने होईन आ आफ्नो जिम्मेवारीमा न्याय गर्ने कोशीस गर्दा संस्था राम्रो हुन्छ। म सबैको भलो चाहन्छु।

यो बिषम परास्थितीमा नेतृत्वदायी भुमिकाको अझै बढि जरुरी पर्दा नछुट्टिनु हुने भन्ने सुझाब पनी धेरै पाएं र स्विकार गर्दछु पनी तर विस्वास गर्छु यो निर्णयले संस्थालाई अझै अघि बढ्न मद्दत गर्नेछ र मेरा साथीहरुले यो ‘परिवर्तन को ज्योति’ लाई अझै चम्काउनु हुनेछ।  ‘परिवर्तन’ लाई स्विकार्नु पर्दछ र सकारात्मक हिसाबले बुझ्नु पर्दछ; पक्कै ज्योति अझै राम्रो हुनेछ। हरेक हिसावले बैंक मजबुत छ र नेतृत्व परिवर्तनले खासै असर पार्दैन अनी बैंकले पक्कै अझै राम्रो नेतृत्व प्राप्त गर्नेछ भन्ने कुरामा पुर्ण विश्वास छ। काम गर्दै जांदा नियतबस त कहिल्यै गरिन तर परिस्थीती या भुलबस कसैलाई असहज स्थीती परेको भएमा पनी ब्याक्तिगत रुपमा नलिईदिन अनुरोध गर्दछु। साथै यो प्रकियालाई नियमित रुपमा बुझेर शंका उपशंकामा संस्थालाई आंच आउने हिसाबले सुचना दिने गर्ने काम कसैले नगरिदिनु हुन समेत अनुरोध गर्दछु।

मैले मेरो यस बैंकको  हाराहारी चार बर्षे कार्यकाललाई जीवन कै महत्वपुर्ण सफलता र सिकाई को रुपमा लिएको छु। सन्तुष्ट छु। कसैसंग पनी कुनै गुनासो छैन। मैले सकेको काम गरे, तर धेरै प्राप्त गरें। म संस्था प्रति अत्यन्तै आभारी छु र सम्बद्द सबैं प्रति।

जय ज्योति!!

7885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका