जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१

कोभिड-१९ बीमा फेरि सुरु

बीमा समितिले कोभिड-१९ बीमालेख पुनः बिक्री गर्न स्वीकृत गरेको छ। गत बैशाख ४ गतेबाट कार्यान्वयनमा आएको यो बीमालेख हिजो बिहीबार स्थगित गरिएको थियो।
कुनै अध्ययन र अनुसन्धान नगरी कोरोना संक्रमित नबढ्लान् भन्ने अनुमानका आधारमा कोभिड-१९ बीमालेख बिक्री गरिएको भन्दै आलोचना सुरु भएको थियो।

‘हामीले बन्द गरेका थिएनौं। एक दिन छलफल गरौं न त भनेर स्थगित गरेका थियौं। तर केही साथीहरुले बन्द भयो भनेर हल्ला फिजाउनु भयो, जुन गलत थियो,’ समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले भने, ‘छलफलले बीमा गर्नेको दायरा अझ फराकिलो पार्ने निष्कर्ष निकालेको छ।’समितिले बीमा कम्पनीका सबै प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर कम्तिमा एक करोड नेपालीको बीमा गराउन निर्देशन दिएको उनले जानकारी दिए। ‘अब झन् धेरैलाई कभर गर्ने गरी बीमा गरिन्छ,’ उनले भने।

समितिले ‘क’ र ‘ख’ वर्ग गरी हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोभिड-१९ बीमालेख जारी गर्ने ब्यवस्था गरेको थियो।

‘क’ वर्गको एक लाख रुपैयाँको बीमांक हुने छ। ब्यक्तिगत रूपमा बीमा गर्दा प्रतिब्यक्ति एक हजार रुपैयाँ बीमा शुल्क लाग्ने छ। परिवारका सम्पूर्णको गर्दा प्रतिब्यक्ति ६ रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ।

‘ख’ वर्गको बीमांक रकम ५० हजार रुपैयाँ हुनेछ। यसको प्रति ब्यक्ति बिमांक ५०० रुपैयाँ हुने छ। परिवारकै गर्ने भए प्रतिब्यक्ति ३०० रुपैयाँ लाग्ने छ।

दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतीक्षा अवधि रहने छ। पीसीआर टेस्ट पोजेटिभ हुनेबित्तिकै दाबीयोग्य हुनेछ।

11850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका