जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त

शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त

एआइजी शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षक (आइजीपी) पदमा नियुक्त भएका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी थापालाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले एआइजी थापालाई महानिरीक्षक बनाउन सिफारिस गरेको थियो। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली भोलिबाट ३० वर्षे सेवा अवधीका कारण अवकाश पाउँदै छन्। त्यसपछिको नेपाल प्रहरीको नेतृत्व थापाले सम्हाल्ने छन्।

प्रहरी महानिरीक्षकको लागि एआइजी थापा र एआइजी हरिबहादुर पाल प्रतिस्पर्धामा थिए। एआइजी पाल र क्षेत्री भने २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। एआइजी बढुवामा थापा तीन जनामध्ये दोस्रो नम्बरमा थिए। ६८ दशमलव ४०६ अंक प्राप्त गरेका थिए उनले।

त्यस्तै, पालले भने ६७ दशमलव ५५३ नम्बर प्राप्त गरेका थिए। उनीहरू गत फागुनमा एआइजी बढुवामा परेका थिए। थापाले अब २१ महिनासम्म नेपाल प्रहरीको महानिरीक्षकमा रहेर काम गर्ने छन्।

6860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका