जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • प्रमुख कार्यकारीको उमेर हदमा खुकुलो

प्रमुख कार्यकारीको उमेर हदमा खुकुलो

नेपाल राष्ट्र बैंकले समय तालिका बनाएर ऋण बिस्तारका लागि निर्देशन दिएको छ। राष्ट्र बैंकले २०८० असार मसान्तसम्म कृषिमा १५ र उर्जारमा २०८१ असार मसान्तसम्म १० प्रतिशत ऋण लगानी गर्न भएको छ।

तर बैंकहरुले अन्तिममा गएर मात्र लगानी गर्छु भनेर चाँही पाउँदैनन्। कृषिमा २०७८ असारमा ११ प्रतिशत, २०७९ असारमा १३ प्रतिशत र २०८० असारमा १५ प्रतिशत ऋण दिनु पर्ने छ।

२०७८ असारमा ६ प्रतिशत, २०७९ असारमा ७ प्रतिशत, २०८० असारमा ९ प्रतिशत र २०८१ असारमा १० प्रतिशत लगानी गर्नु पर्ने छ। २०८१ असारसमेम कुल कर्जाको १५ प्रतिशत लघु, साना एवै मझौला उद्यमा लगानी गर्नु पर्ने छ। यसरी लगानी गर्नै ऋणको रकम एक करोड रुपैयाँभन्दा कमको हुनु पर्ने छ। यसमा पनि समय तोकिएको छ। २०७८ असारमा ११ प्रतिशत, २०७९ मा  १२ प्रतिशत, २०८० मा १४ र अर्को बर्ष १५ प्रतिशत पुर्याउनु पर्ने छ।

कृषि र उर्जाका लागि ऋणपत्र जारी गर्ने बाटो खुला गरिएको छ। मर्जरलाई फोर्सफुल गर्न खोजिएको छ। लाभांसमा कडाइ गरिएको छ।

मौद्रिक नीतिमा भनिएजस्तो कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) मा कडाइ गरिएको छ। मौद्रिक नीतिमा सीसीडी ८० बाट ८५ प्रतिशत पुर्याइएसँगै यसअघि गणना नगर्ने भनेर तोकिएका सबैलाई खारेज गरिएको थियो। निर्देशनमा भने ऋणपत्र र विदेशबाट एक बर्ष वा त्योभन्दा बढि अधिको ऋण ल्याए त्यसलाई गणना गर्न दिइने भएको छ।

बाणिज्य बैंकहरु मर्जरमा गए प्रमुख कार्यकारीको उमेर हदमा खुकुलो नीति लिइएको छ। ६५ बर्ष नाघेकोलाई प्रमुख कार्यकारी बनाउन पाइँदैन थियो भने ६९ पुगेपछि स्वत अवकाश हुन्थ्यो। अब भने ६५ नाघे पनि नियुक्त गर्न सकिने छ।

5450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका