![ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ](http://aarthikbazarnews.com/wp-content/uploads/2020/11/unnamed.gif)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
प्रहरीले चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार र चन्द्रागिरि–१५ का निरनकुमार प्रधान छन् ।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
ग्यारेज मानबहादुर तामाङको हो । जुवाडेको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ र ११ वटा ओखर बरामद गरिएको श्रेष्ठले बताए ।
पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहितामा भएको जुवा सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको छ ।