![महालक्ष्मी लाईफले घोषणा गर्यो सर्बाधिक बोनस दर](http://aarthikbazarnews.com/wp-content/uploads/2019/06/mahalaxmi_insurance-696x522.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले सर्बाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ५० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
महालक्ष्मी जीवन हेरचार बीमालेखकालागि ५ देखि १५ वर्ष अवधिको ८५ रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।