जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको गम्भिर ध्यानाकर्षण जस्ताको तस्तै

महालक्ष्मी विकास बैंकको गम्भिर ध्यानाकर्षण जस्ताको तस्तै

यस बैंकको कुमारीपाटी शाखावाट प्रबाह भएको सुन कर्जा सम्बन्धमा हाल बिभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुका बिचमा बरबुझारथको कार्य हुँदा बिभिन्न सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्वन्धमा तत्कालिन सुनजांचकीले सम्पूर्ण जिम्मेबारी लिंदै बैंक समक्ष निवेदन दिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुनजांचकी र सुन धितोराखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुन गएको तथ्य छानविन प्रतिवेदनबाट देखिएकोले यस बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर गरी पाउन प्रहरी प्रधान कार्यालय, केन्दि«य अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई उक्त ब्यूरोबाट सत्यतथ्यको बारेमा छानविन भई रहेको ब्यहोरा जानकारी गराउछौ ।

उक्त प्रकरण अनुसन्धानको क्रममा नै रहेकोमा अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी बिभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा यस बैंकमा कार्यरत कर्मचारीहरु तथा पूर्ब कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु संम्प्रेशण भई रहेकोमा यसप्रकारको गलत समाचारहरु प्रति दुःख ब्यक्त गर्दै निष्पक्ष अनुसन्धान तथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसीमका कुनैपनि तथ्य विपरीतका समाचार प्रकाशन र प्रसारण नगरीदिनुहुन अनुरोध गर्दछौ ।

निक्षेकर्ता तथा शेयरधनी महानुभाबहरुको हकहितलाई ध्यानमा राखी बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्दि«य अनुसन्धान ब्यूरोमा जाहेरी दिई छानबिन गर्न अनुरोध गरे बमोजिम नै ब्यूरोबाट छानबिन प्रकृया शुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संपे्रषण नगरि दिनुहुन सम्बन्धित सबैलाई महालक्ष्मी विकास बैक लि. हार्दिक अपिल सहीत विनम्र अनुरोध गर्दछ ।

6565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका