जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सनराइज बैंकका प्रमुख कार्यकारीको तलब बढ्यो, एक वर्षमा बुझे एक करोड ३५ लाख रुपैयाँ

सनराइज बैंकका प्रमुख कार्यकारीको तलब बढ्यो, एक वर्षमा बुझे एक करोड ३५ लाख रुपैयाँ

सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई कुल एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत भुक्तानी गरेको छ। सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौडेल छन्। यो उनले बुझेको तलब सुविधा हो।

गत वर्ष बैंकले एक करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यो भुक्तानी लिने बेलामा प्रमुख कार्यकारी रत्नराज बज्राचार्य थिए। ब्यवस्थापन तहका पदाधिकारीहरुमा बैंकले ३ करोड ३७ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ।

बैंकले आउँदो पुस २४ गते वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, बैंकले नाफाबाट बोनससहित कर्मचारी खर्चमा कुल एक अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ। यसबाहेक कार्यालय सञ्चालन खर्च ९९ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ।

गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिने छ। बाँकी २.४८ प्रतिशत नगद लाभांश दिने छ। बोनस सेयर स्वीकृतपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढ्ने छ।  बैंकले गत आर्थिक वर्ष ५४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकको खुद नाफा भने एक अर्ब ३९ करोड रुपैयाँ थियो। चालु वर्षको पहिलो त्रैमासमा खुद नाफा ३८ करोड २९ लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा छैन। उल्टो २५ करोड हाराहारी ऋणात्मक छ।

बैंकले गत आर्थिक वर्ष १५.८ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये १० प्रतिशत बोनस सेयर थियो। कोभिडका कारणले ब्यापार बिस्तारका साथै ऋण उठ्तीमा समस्या छ। यही कारण यसपाली बैंकको लाभांश दर कम भएको हो। लाभांश दर कम हुनुमा राष्ट्र बैंकको अंकुश पनि हो।

7585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका