जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक र पे लेस एप्सबीच समझदारी

सिटिजन्स बैंक र पे लेस एप्सबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउने छन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

4430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका