जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एनएमबि बैंकले ल्यायो १२५ दिने निक्षेपमा आकर्षक योजना

एनएमबि बैंकले ल्यायो १२५ दिने निक्षेपमा आकर्षक योजना

एनएमबि बैकले  निक्षेपमा आकर्षक योजना ल्याएको छ । हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबिले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ ।

माघ महिनादेखी सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबि बैंकले अब नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतीमा ७.२५ प्रतिशतसम्म बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) तोकेको छ ।

पछिलो समय बैंक मुख्यतया कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ । जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

9645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका