जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले वृद्धि,खुद बीमा शुल्क ८५ करोड ३६ लाख आर्जन

एनएलजी इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले वृद्धि,खुद बीमा शुल्क ८५ करोड ३६ लाख आर्जन

एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३५ दशमलव २२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ८५ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३६ दशमलव २४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

यस अवधिसम्ममा कम्पनीले ३८ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ४६ हजार ८ सय ३५ रुपैयाँले कमी हो ।

१ अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८७ करोड ९ लाख रुपैयाँ रहेको थियो ।चैत मसान्तसम्म कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ३८२ रुपैयाँ१९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ

6015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका