जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • मेट लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो

मेट लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो

मेट लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफा दुबै वृद्धि भएको छ।कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ३ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ३ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २० दशमलव ५८ प्रतिशतले बढेको हो।

त्यस्तै, चैत मसान्तसम्मा कम्पनीको खुद नाफा २५करोड ८८ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २१ करोड ६८लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा खुद कम्पनीको नाफा १९ दशमलव ३७ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ५ हजार ८९८ वटा दाबी वापत २ अर्ब ६६ करोड रुपैंया भुक्तानी गरेको छ भने ७३९ वटा बीमा दाबी वापतको ७५ करोड३४ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ६७ करोडरुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १९ करोड १६ लाख रुपैंया रकम संचित रहेको छ ।

4705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका