जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एनआईसी एशिया ऋणपत्र २०७७ को सूचीकरण खारेज

एनआईसी एशिया ऋणपत्र २०७७ को सूचीकरण खारेज

दोस्रो बजारमा सूचीकृत एनआईसी एशिया ऋणपत्र २०७७ को सूचीकरण खारेज भएको छ । नेप्सेले एनआईसी एशिया बैंकद्वारा जारी गरिएको उक्त ऋणपत्र बैशाख ३१ गतेदेखि परिपक्क भएकाले कम्पनीको निवेदन बमोजिम सूचीकरण खारेज गरेको जानकारी दिएको हो ।

बैंकले ७ दशमलव २५ प्रतिशत व्याजदर रहेको रू. ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत भएको उक्त ऋणपत्रको परिपक्क अवधिपश्चात सूचीकरण खारेज गरिएको हो । ऋणपत्र बापतको रकम भने बैंकले सम्बन्धित ऋणपत्रधनीहरुको बैकखातामै फिर्ता भुक्तानी गर्नेछ ।

4055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका