![जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजको २ करोड सहयोग](http://aarthikbazarnews.com/wp-content/uploads/2021/05/BijyaKumarShah_20210522135656.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आई.सी.यु. लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोड रुपैयाँको प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।
अक्सिजन प्लान्ट र आई.सि.यु. विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड पैत्तीस लाख रुपैयाँको सहयोग गर्ने कम्पनीले जनाएको छ । नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग स्वरुप पचहत्तर लाख रुपैयाँ प्रदान गरिएको छ ।
High-Flow Cannulas (non-invasive) भेन्टिलेटर खरिद गर्न सहयोग गर्ने जनाएको छ । विरगंज महानगरपालिका मार्फत विरगंज, पर्सामा अस्थायी कोभिड अस्पताल संचालनको लागि सहयोग गर्ने छ । ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरु मार्फत संचालित आईसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिद गर्ने जनाएको छ ।
विराटनगर, मोरङमा अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गर्ने छ । रोटरी क्लब अफ विर्तामोडलाई झापामा अक्सिजन बैंक संचालन गर्न सहयोग गर्ने छ ।
रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक संचालन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । लायन्स क्लब अफ बुटवल मार्फत बुटवल, रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गर्ने जनाएको छ ।
रोटरी क्लब अफ भैरहवा मार्फत भैरहवा, रुपन्देहीमा संचालित आईसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग गर्ने जनाएको छ । भैरहवा चेम्बर अफ कर्मस मार्फत रुपन्देहीमा संचालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गर्ने कम्पनीले जनाएको छ । देश भरि आफ्नो ग्राहक तथा स्थानिय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको छ ।
जावलाखेल गु्रप अफ ईण्डष्ट्रिजका अध्यक्ष विजय कुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म रहेकोमा विश्वास गर्छन । यी बाहेक पनि उनले आफ्नो ब्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनी लाखौं रुपैया सहयोग गर्दै आएका छन ।
जावलाखेल गु्रप अफ ईण्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठीन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले ब्यापारिक घरानाहरुले कुनैपनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकाश गर्नुपर्नेमा जोड दिए ।