समाचार
५० हजार रुपैयाँ भन्दा कम रकम झिक्न र जम्मा नगर्ने बैंकलाई कारवाही गरिन्छः गभर्नर अधिकारी
0 टिप्पणी
![५० हजार रुपैयाँ भन्दा कम रकम झिक्न र जम्मा नगर्ने बैंकलाई कारवाही गरिन्छः गभर्नर अधिकारी](http://aarthikbazarnews.com/wp-content/uploads/2021/01/Maha-parshad-Adhikari-1024x521.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० हजार रुपैयाँ भन्दा कम रकम बैंकले झिक्न र जम्मा गर्न नमाने कारवाही गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल (ट्विटर) मा आएको गुनासोलाई जवाफ दिँदै स–सानो रकम झिक्न नपाउने भन्ने विषय नभएको बताए ।
यदि कुनै बैंकले त्यस्तो गरेमा राष्ट्र बैंकको गुनासो पोर्टलमा स्पष्ट रुपमा आयो भने कारवाही गर्न सजिलो हुने उनले बताए । उनले भने, “ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुदै होईन । यस्तो निर्देशन हुने कुरापनि भएन र गरिएको पनि छैन। कुन बैंकको कुन शाखाबाट यस्तो ब्यबहार भएको हो, स्पष्ट जानकारी NRB grievance portal मा वा यहि पाए पनि हामीलाई कारवाहीको लागी सहज हुने थियो । ब्यबहारिक समस्या ध्यानाकर्र्षणकोलागी धन्यवाद ।”