जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र बाँडफाँड

नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र बाँडफाँड

नेपाल बैंकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म बिक्री गरेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकको ऋणपत्र आइतबार बाँडफाँड गरिएको बैंले जनाएको छ ।

नेपाल बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गरेको हो । बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ बिक्री खुला गरेको थियो । बैंकको यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गरिएको हो । जसमा १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणका लागि र २१ लाख कित्ता व्यक्तिगतलाई बाँडफाँड गरिएको हो

5705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका