जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • तीन ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

तीन ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

साताको दोस्रो कारोबार दिन नारायणी डेभलपमेण्ट बैंकसहित तीन ओटा कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यो दिन सबैभन्दा बढी राधी विद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २५६ पुगेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।

त्यसैगरी नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९० प्रतिशत र सेन्ट्रल फाइनान्स कम्पनीको ९ दशमलव ६० प्रतिशतले वृद्धि भएको हो ।

ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताको तुलनामा खरीदकर्ता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।

यो समाचार तयार पार्दाको समय १ : ५६ बजेसम्ममा नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू.७९९ र सेन्ट्रल फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ३५४ पुगेको छ ।

6310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका