जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल बैंक र सिद्धार्थ बैंक को कल डिपोजिटको सीमा भन्दा बढी: राष्ट्र बैंकले जिम्मा लिनु पर्दछ कि पर्दैन !!

नेपाल बैंक  र सिद्धार्थ बैंक को कल डिपोजिटको सीमा भन्दा बढी: राष्ट्र बैंकले जिम्मा लिनु पर्दछ कि पर्दैन !!

नेपाल बैंक  ले राष्ट्र बैंकको नीति विपरित कारोबार गरेका छन्   केन्द्रिय बैंकले तोकेको सीमाभन्दा बढी कल निक्षेप संकलन गरी कारोबार गरेका हुन्   गर्भनर साब हेक्का होस् ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूले स्वीकार गर्ने कुल निक्षेपको मा १० प्रतिशतभन्दा बढी कल निक्षेपको हिस्सा कायम गर्न नपाउने व्यवस्था गरेको छ । तर नेपाल बैंक  को कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशतभन्दा बढी छ  भन्दा फरक पर्दैन । ।

  नेपाल बैंकले गत बैशाख मसान्तसम्म कुन १ खर्ब ५९ अर्ब ३२ करोड ६० लाख रुपैयाँ कुन निक्षेप संकलन गरेको थियो । बैंकले सो अवधिमा कुल निक्षेपको ११.०१ प्रतिशत अर्थात् १७ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कल निक्षेप संकलन गरेको छ ।

यस बाहेक एभरेष्ट बैंक, सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डुले समेत कुन निक्षेपमा कल निक्षेपको हिस्सा ९ प्रतिशतको हाराहारीमा राखेर कारोबार गरेका छन् ।

बैशाख मसान्तसम्म एभरेष्ट बैंकले कुल १ खर्ब ५३ अर्ब ८१ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । कुल निक्षेपमा बैंकले ९.५३ प्रतिशत अर्थात् १४ अर्ब ६५ करोड २० लाख रुपैयाँ कल निक्षेप संकलन गरेको छ ।

सिद्धार्थ बैंकले बैशाख मसान्तसम्म कुल १ खर्ब ७१ अर्ब ८३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । सोअवधिमा बैंकले कुल निक्षेपको ९.५२ प्रतिशत अर्थात् १६ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कल निक्षेप संकलन गरेको छ । साथै, सो अवधिमा बैंक अफ काठमाण्डूले ९७ अर्ब ८२ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेकोमा सोको ९.१६ प्रतिशत अर्थात् ८ अर्ब ९५ करोड ७० लाख रुपैयाँ कल निक्षेप संकलन गरेको छ  भन्दा फरक पर्दैन । ।

3695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका