जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सका सिइओ शाहको विदाइ

नेपाल इन्स्योरेन्सका सिइओ शाहको  विदाइ
नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल  सकिएको छ । उनि २०७४ साउन ९ गते ४ वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । बीमा क्षेत्रका अनुभवि शाहले आफ्नो ४ वर्षे कार्यकालमा ३० करोडको चुक्ता पूँजी बढाएर एक अर्ब १५ करोड रुपैयाँ पुर्याउन सफल भएका छन् । दुई पटक हकप्रद र तीन आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गरेर उक्त पूँजी जुटाउन सफल भएका हुन् ।

शाह नेपाल इन्स्योरेन्स कम्पनी आउनु अगाडि एनएलजीको प्रमुख कार्यकारी अधिकृत थिए । त्यस भन्दा अगाडि नेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत थिए । चार्टर्ड एकाउन्टेन्ट शाहले गोर्खा ब्रुअरी, सूर्य टोवाको, राष्ट्रिय प्रकृति संरक्षणकोष लगायतका कार्यालयमा काम गरिसकेका छन् । शाहले नेपाल बीमक संघको दुई पटक अध्यक्ष पद सम्हालिसकेका छन् ।

शाह विकासशील राष्ट्रका बीमा तथा पुनर्बीमा कम्पनीहरुको संघठन एआईआरडिसीको अध्यक्ष हुन् ।  उनि २०७५ असोजमा अध्यक्ष भएका थिए । उनि इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको पनि सञ्चालक हुन् ।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका