![भूमि आयोग खारेज](http://aarthikbazarnews.com/wp-content/uploads/2021/08/unnamed-3-1024x634.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सरकारले भूमि आयोग खारेज गरेको छ । भर्खर बसेको मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल वैशाख १ गते भूमिसम्बन्धी समस्या समाधान गर्ने भनी आयोग गठन गरेको थियो । ३ वर्षका लागि भन्दै गठन भएको आयोग नयाँ सरकारले खारेज गरेको हो ।
एमाले चितवनका नेता देवी ज्ञवालीको नेतृत्वमा गठित आयोगलाई एमाले कार्यकर्ता भर्तीको केन्द्र बनाइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।