जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूबाट बाहिरिए शोभनदेव पन्त, कामु प्रमुख कार्यकारीको जिम्मा श्रवण मास्केलाई

बैंक अफ काठमाण्डूबाट बाहिरिए शोभनदेव पन्त, कामु प्रमुख कार्यकारीको जिम्मा श्रवण मास्केलाई

फ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृतबाट शोभनदेव पन्त अवकाश भएका छन्। भदौ ४ गतेबाट कार्यकाल सकिने भएपछि उनी सोमबारबाटै बिदामा बसेका छन्।

मर्जरपछि भने पन्त एक वर्ष बाहिरै बसे। मर्जरपछिको बिओकेबाट अजय श्रेष्ठ अवकाश भएपछि पन्त प्रमुख कार्यकारी अधिकृत बनेका थिए। पन्त चार वर्ष कार्यकाल पूरा गरेर बाहिरिएका हुन्।

उनको बैंकिङमा ३६ वर्षको अनुभव छ। सुधार मिसनका लागि प्रमुख कार्यकारीका रूपमा उनी २०६२ देखि २०७३ सम्म लुम्बिनी बैंक बसेका थिए।

२०४१ सालबाट बैंकिङ करियर सुरु गरेका पन्तले नेपाल राष्ट्र बैंकको विशेष आग्रहमा २०६२ सालदेखि लुम्बिनी बैंकको नेतृत्व लिएका थिए। जुनबेला पन्तले बैंक सम्हालेका थिए, त्यसबेला लुम्बिनीको अवस्था एकदमै नाजुक थियो।

२०५५ बाट सुरु भएको पहिलो निजी लगानीको नेपाली बैंकमा २०५८ देखि नै समस्या सुरु भइसकेको थियो। नेपाल राष्ट्र बैंकले दुई पटक व्यवस्थापन जिम्मा लिएरसमेत सुधार्न नसकेपछि तत्कालिन गभर्नर विजयनाथ भट्टराईले पन्तलाई सुधारको जिम्मा दिएका थिए।

नबिल बैंकबाट करियर सुरु गरेका पन्त त्यसबेला वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन समूहमा थिए।

नेपाल बैंकजस्तै लुम्बिनीको पनि खराब कर्जा ४० प्रतिशतमाथि पुगेको थियो। पन्तले १० वर्ष लगाएर लुम्बिनी बैंक सुधारसँगै लाभांश बाँड्ने अवस्थासम्म पुर्‍याएका थिए।

बैंक सञ्चालक समितिले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा श्रवणलाल मास्केलाई दिएको छ।

मास्के सामो समयदेखि पन्तसँगै थिए। उनी लुम्बिनी बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत थिए। बिओकेसँग मर्ज भएपछि यता पनि नायब प्रमुख कार्यकारी अधिकृत भएका थिए।

5260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका