जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • विदेशबाट मेगा बैंक एक्लैले ४ करोड डलर कर्जा ल्याएको खुलासा ।

विदेशबाट मेगा बैंक एक्लैले ४ करोड डलर कर्जा ल्याएको खुलासा ।

नेपालको १२ अर्ब भन्दा बढि चुक्तापुँजी रहेको बैंक अफ दि एयर २ पटक पाएको सबल र सक्षम मेगा बैंक नेपाल लिमिटेडले पटक÷पटक गरि विदेशी संस्थाहरुबाट ४ करोड डलर कर्जा नेपाल भित्र्याएको छ भन्दा अब चाहि फरक पर्दैन ।

गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले ७ करोड ७५ लाख डलर (१२० रुपैयाँको विनिमय दर अनुसार हिसाब गर्दा ९ अर्ब ३० करोड हुन जान्छ) विदेशी मुद्रामा ऋण ल्याएका छन् । राष्ट्र बैंकको ’विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था’ अनुसार चार बैंकले यो पैसा ल्याएका हुन्।समध्ये अधिकांश स्वीकृति चैतमा लिइएको छ । मेगा, बैंक अफ काठमाण्डू (बिओके), एनएमबि र सिद्धार्थ बैंकले ऋण ल्याएको भेटिएको छ ।

सबैभन्दा धेरै मेगा बैंकले चार करोड डलर, बिओकेले एक करोड, एनएमबि बैंकले एक करोड ५० लाख डलर र सिद्धार्थले एक करोड २५ लाख डलर भित्र्याउन स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष करिब आधा दर्जन बैंकले नौ करोड डलर भित्र्याएको देखिन्छ ।

सबैभन्दा धेरै मेगा बैंकले चार करोड डलर, बिओकेले एक करोड, एनएमबि बैंकले एक करोड ५० लाख डलर र सिद्धार्थले एक करोड २५ लाख डलर भित्र्याउन स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष करिब आधा दर्जन बैंकले नौ करोड डलर भित्र्याएको देखिन्छ ।

आन्तरिक स्रोतबाट मात्र ऋण लगानी गर्ने तरलता पुर्याउन नसक्ने भएपछि राष्ट्र बैंकले तीन वर्षअघि बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी संस्थाबाट पनि पैसा ल्याउन सक्ने बाटो खोलिदिएको थियो भन्दा फरक पर्दैन ।
यो पैसा राष्ट्र बैंकले भनेको क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ ।

नवीकरणीय उर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार, पर्यटन, कृषि, साना तथा मझौला उद्योय, अन्य उत्पादनमूलक क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि मात्र पैसा भित्र्याउन पाइन्छ ।

नवीकरणीय उर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार, पर्यटन, कृषि, साना तथा मझौला उद्योय, अन्य उत्पादनमूलक क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि मात्र पैसा भित्र्याउन पाइन्छ । पछिल्लो समय नाफा, शाखा सञ्जाल, चुक्ता पुँजी र कर्पोरेट सुशासनमा अब्बल बैंक मेगा बैंक नेपाल लिमिटेडले ठूला भनिएका नबिल र एनआईसी एशिया बैंकलाई चुनौती दिँदै आएको छ भन्दा फरक पर्दैन ।

5300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका