जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल लाइफको खुद बीमाशुल्क ३१ अर्ब ९६ करोड

नेपाल लाइफको खुद बीमाशुल्क ३१ अर्ब ९६ करोड

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.९३ प्रतिशत बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १.०५ प्रतिशत बढेर ५३ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षमा ३१ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा ७१.०३ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष २९.२९ प्रतिशत बढेको छ भने महाविपत्ति कोष ६.१३ प्रतिशत बढेको छ। इन्स्योरेन्सले सो अवधिसम्ममा १९ अर्ब ५४ करोड रुपैयाँ जीवन बीमालेख धितो कर्जा प्रवाह गरेको यस इन्स्योरेन्स १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २१ पैसा घटेर ७ रुपैयाँ ४४ पैसामा झरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २५७.८० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ।

1930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका