जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सानिमा बैंकले ल्यायो तीज विशेष योजना

सानिमा बैंकले ल्यायो तीज विशेष योजना

हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० सम्मको क्यास ब्याक प्रदान गरिनेछ । यसका अतिरिक्त ५०० बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिनेछ । यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ । 

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको

4405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका