जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • राष्ट्र बैंकसँग सापटी लिएर ट्रेजरी बिल्स नवीकरण गर्दै बैंक, अभावमा किन बैंकले फेरे रणनीति?

राष्ट्र बैंकसँग सापटी लिएर ट्रेजरी बिल्स नवीकरण गर्दै बैंक, अभावमा किन बैंकले फेरे रणनीति?

बैंक तथा वित्तीय संस्थाले सात दिनको स्थायी तरलता सुविधा (एसएलएफ) लिएर भाउ पाएको मौका छोप्दै महँगोमा ट्रेजरी बिल्स नवीकरण गगरेका छन्। 

राष्ट्र बैंकले सोमबार ६ अर्ब २६ करोडको ट्रेजरी बिल्स निष्काशन गरेको थियो। यसमध्ये ४ अर्ब २६ करोड ९१ दिने र २ अर्ब ३६६४ दिने निष्काशन गरेको थियो।

जबकी तरलता अभाव भएका बेलामा समेत बैंकहरुले मागभन्दा बढि आवेदन दिएका छन्। यसको कारण पहिले तुलनात्मक रुपमा सस्तोमा किनेको ट्रेजरी बिल अलिकति महँगोमा नवीकरण गर्न पाउनु हो। 

स्थायी तरलता सुविधाको ब्याज ५ प्रतिशत छ। यसको अवधि सात दिनको हुन्छ। तर ९१ दिने ट्रेजरी बिलमा १९ अर्ब ४० करोडका लागि आवेदन परेको छ भने ३६४ दिनेमा १७७ अर्ब ३ करोड रुपैयाँको आबेदन परेको छ।

९१ दिनेको औषत ब्याज दर ४.३१ प्रतिशत कायम भएको छ भने ४६४ दिनेको ४.२६ प्रतिशत कायम भएको छ। ५ प्रतिशतको एसएलएफ लिएर ४.२६ प्रतिशतमाथि हाल्दा समयका हिसाबले बैंकहरुलाई फाइदा हुन्छ। उनीहरुले दीर्घकालिन लगानीबाट प्रतिफल सुनिष्चित गर्न खोजेका हुन्। 

सोमबार पनि बैक तथा वित्तीय संस्थाले ५ पटक स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्। उनीहरुले ६ अर्ब ३० करोड रुपैयाँ उठाएका हुन्। चालु आर्थिक बर्ष कुल २ खर्ब १३ अर्ब ५४ करोड रुपैयाँ उठाइसकेका छन्।

सोमबार पनि ओभर नाइट रिपो प्रयोग भएको छ। एक पटक ४० करोड रुपैयाँ प्रयोग भएको छ। यसको ब्याज दर साढे ३ प्रतिशत छ। चालु बर्ष ३३ पटक गरेर १३ अर्ब ५० करोड रुपैयाँ प्रयोग भएको छ

3705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?