जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • समितिले सञ्चालकहरुलाई तालिम दिने, कम्पनीको गतिविधिमा चनाखो हुन अध्यक्ष सिलवालको निर्देशन

समितिले सञ्चालकहरुलाई तालिम दिने, कम्पनीको गतिविधिमा चनाखो हुन अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका सञ्चालकहरुले बीमा समिति समक्ष वर्षको दुई तीन पटक तालिम आयोजना गर्न माग गरेका छन् । समितिले हिजो मंगलबार सम्पुर्ण जीवन बीमा कम्पनीका अध्यक्षहरु सँग समसामयिक विषयहरुमा छलफल आयोजना गरेको थियो ।

छलफलका क्रममा समितिले अध्यक्षहरुलाई कम्पनीका लागि पनि समय दिन आग्रह गरेको छ । सञ्चालक तथा अध्यक्षहरु बैठकमा मात्रै उपस्थित हुने र कम्पनीको काम कारबाहीका विषयमा सामान्य जानकारी पनि नराख्ने गरेको भन्दै समितिले उनिहरुलाई समय दिन भनेको हो ।

कतिपय कम्पनीका सञ्चालक तथा अध्यक्षहरु प्रमुख कार्यकारी अधिकृतले अगाडी सारेका प्रस्तावलाई नै हुबहु पारित गरिदिन्छन् । त्यसैले गर्दा सञ्चालकले आफ्नो कम्पनीका भएका सम्पुर्ण गतिविधिमा चनाखो भएर हेर्नु पर्ने समितिको सुझाव थियो ।

अधिकांश सञ्चालकहरुलाई बीमाको सामान्य जानकारी पनि हुँदैन । त्यसमा पनि बीमा आफैमा प्राविविधक विषय हो । यसै क्रममा सञ्चालकहरुले वर्षमा दुई तीन पटक सञ्चालक अनुशिक्षण कार्यक्रम सञ्चालन गर्न उनिहरुले समिति समक्ष माग राखेका छन् । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थामा नव नियुक्त सञ्चालकहरुलाई आधारभुत रुपमा सञ्चालक शिक्षा कार्यक्रम आयोजना गर्दै आएको छ ।

बीमाको सामान्य पनि जानकारी नहुने सञ्चालकहरुले हस्ताक्षर गर्ने र भत्ता बुझ्ने बाहेक अन्य कुनै काम गर्न सक्दैनन् । बीमा समितिले एक्चुरियल भ्यालुएसन तथा लेखापरीक्षण प्रतिवेदनमा सम्पुर्ण सञ्चालकहरुलाई प्रत्येक पेजमा हस्ताक्षर गर्नु पर्ने व्यवस्था गरिदिएको छ । प्रतिवेदनमा लेखिएका कुराहरु कम्तिमा पनि पढुन  भनेर यस्तो व्यवस्था गरिदिए पनि सञ्चालकहरुले नबुझी हस्ताक्षर गर्ने गरेका छन् । बीमाका सूचकको सामान्य पनि जानकारी नहुँदा उनिहरुले उच्च व्यवस्थापन र  लेखापरीक्षकलाई प्रश्न गर्न सक्दैनन् ।

कतिपय कम्पनीमा सञ्चालक तथा अध्यक्षको चरम हस्तक्षेप रहेको पाइन्छ तर अधिकांश कम्पनीका सञ्चालकहरु पुर्ण रुपमा उच्च व्यवस्थापन सँग भर पर्छन् । यसले गर्दा बीमा कम्पनीहरुको भित्रि कुराहरु बाहिरिन पाउदैन । उच्च व्यवस्थापन मिलेरै कतिपय गल्तीहरु छिपाउन समर्थ हुन्छन् । सञ्चालक पदमा कम्तिमा पनि एक जना विज्ञ हुनु पर्ने व्यवस्था छ तर प्रमुख शेयरधनीहरुले उक्त सञ्चालक पदमा पनि आफ्ना नजिकका र भनेको मान्ने मान्छे राख्ने गरेका छन् । अन्य सञ्चालकले नबुझेका खण्डमा पनि विज्ञ संञ्चालकले मद्दत गर्न सक्छ भनेर यस्तो व्यवस्था गरिएको हो ।

सञ्चालक पदका लागि शैक्षिक योग्यता र अनुभव तोक्न सकिदैन । तर व्यवहारिक रुपमा कम्पनीको सञ्चालक पदको महत्व र उसको भुमिकाको  विषयमा राम्रो जानकारी दिएर मात्रै बनाउने हो भने बीमा कम्पनीहरुले राम्रो गर्न सक्छन् । नीति, नियम तथा विनियमावली बनाउदा अध्यक्ष तथा सञ्चालकको सबैभन्दा ठुलो भुमिका रहेको हुन्छ । समितिले यस्ता नियम बनाउदा अध्यक्षहरुलाई चनाखो भएर बनाउन निर्देशन दिएको छ । सामान्य ज्ञान पनि नभएका व्यक्तिहरु सञ्चालक हुँदा उनिहरुले भिजन बनाउन तथा लागु गर्न सक्दैनन् । नेपालको जस्तो बिकासकै चरणमा रहेको बीमा क्षेत्रलाई अझ विकास गर्नका लागि पनि सञ्चालकहरु सक्षम तथा दक्ष हुनु पर्छ । दक्ष सञ्चालकहरुले बीमा समिति सँग गएर डिल गर्न सक्छन् । नियामकका कतिपय निर्णयहरु बजार मैत्री हुँदैन त्यस्तो समयमा समिति सँग बोल्न सक्ने हुनु पर्छ ।

4955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका