जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एक्सेल डेभलपमेण्ट बैंकको शेयर समायोजन

एक्सेल डेभलपमेण्ट बैंकको शेयर समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक्सेल डेभलपमेण्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । शुक्रवार नेप्सेले बैंकले १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

बैंकको बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५३ को आधारमा १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयरपछिको मूल्य रू. ७६२ दशमलव ६८ तोकेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले असोज १६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ भने ३० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कम्पनीको लाभांश र हकप्रद शेयरका लागि भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य भएका छन् ।

हकप्रद शेयर विक्री गर्न साउन ३० गतेनै नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाईसकेको कम्पनीले निष्कासनको मिति भने हालसम्म तय गरेको छैन । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न लागेको हो । 

5160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका