जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • सोल्टी होटललाई इन्टरनेशनल ट्राभल अवार्ड, सन् २०२१ कै उत्कृष्ट पाँचतारे होटल

सोल्टी होटललाई इन्टरनेशनल ट्राभल अवार्ड, सन् २०२१ कै उत्कृष्ट पाँचतारे होटल

सोल्टी होटलले इन्टरनेशनल ट्राभल अवार्ड पाएको छ। उत्कृष्ट पाँच तारे होटलको अवार्ड सोल्टीले पाएको हो।होटलले दिँदै आएको सेवा सुविधा र क्षमता विस्तारका कारण यो अवार्ड पाउन सफल भएको होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए।

‘पाहुनालाई दिँदै आएको सेवाको प्रतिफल हो यो। होटलको क्षमता विस्तारसँगै कर्मचारी तालिम, स्तरोन्नतिलाई निरन्तर अगाडि बढाएकै कारण यो अवार्ड पाउन सफल भएका हौँ,’ उपाध्यक्ष चापागाईँले भने।

मार्केटिङ एक्जुकेटिभ प्रतिक्षा बस्नेतका अनुसार होटलमा पहिलो क्याटगोरीको रुम एक्जिक्युटिभ रुमबाट सुरु रहेको छ। होटल अन्तर्गत हिमालय विङमा रहेका सबै रुमलाई रेनोभेट गरेर क्लासिक हेरिटेजमा रुपान्तरण गरेको उनले बताए।

होटलमा रहेको मेगा मल्हार हललाई पूर्ण रुपमा रेनोभेट गरिएको उनले बताइन्। होटलमा रहेको इन्डियन रेष्टुरेण्ट ‘काकोरी’ रेनोभेटको क्रममा रहेको उनले जानकारी दिईन्।

होटलको कुल दुई सय ८५ वटा कोठा मध्ये हाल एक सय ३२ वटा कोठा संचालनमा रहेको बस्नेतले बताईन्। ‘अवार्डका लागि भोटिङ क्याम्पेन गरिएको हुन्छ। सेवा सुविधासँगै समग्र होटलको आन्तरिक र वाह्य डिजाइनको अध्ययन र प्रतिक्रिया अनुसार आयोजकले नियुक्त गरेको जुरीले छनोट गर्छन्,’ उनले भनिन्।

4200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?