जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • यूनाइटेड इन्स्योरेन्सको नाफा ११% ले बढ्यो

यूनाइटेड इन्स्योरेन्सको नाफा ११% ले बढ्यो

यूनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११.७० प्रतिशतले बढेर एक करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले २१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको बीमा कोषमा ३३ करोड ८८ लाख रुपैयाँ रहेको छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी १.१६ रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रुपैयाँ संचिती रहेको छ ।

कम्पनीले ७ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्ममा ४४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशन आयबाट ५ करोड रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट एक करोड ५ लाख रुपैयाँ आम्दानी गरको छ ।

कम्पनीले अभिकर्ता कमिशनवापत ७० लाख रुपैयाँ खर्चेको छ । सेवा शुल्क शीर्षकमा कम्पनीको २१ लाख, व्यवस्थापन खर्चको शीर्षकमा ६ करोड ५ लाख रुपैयाँ खर्च भएको छ ।

4280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका