जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सिद्धार्थ राणाले फर्काए धेरै आयकर तिर्ने ‘नम्बर वान’ को ताज, सरकारले गर्‍यो फेरि सम्मान

सिद्धार्थ राणाले फर्काए धेरै आयकर तिर्ने ‘नम्बर वान’ को ताज, सरकारले गर्‍यो फेरि सम्मान

 व्यक्तिगत आयबाट सर्वाधिक कर तिर्दै आएका सिप्रदी ट्रेडिङका चेयरम्यान सिद्धार्थ राणा फेरि पहिलो भएका छन्। हरेक वर्ष सबैभन्दा बढी आयकर तिरेर सम्मानित हुँदै आएका राणा पोहोर दोस्रो भएका थिए।

तर यसपाली उनले आफ्नो ‘नम्बर वान’ को ताज फर्काएका हुन्। राणाको सिप्रदीसँगै हस्पिटालिटी, उत्पादनमूलक उद्योग, जलविद्युत लगायतमा उनको लगानी छ।

राणाको सिप्रदी ट्रेडिङसँगै सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्ट्स, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाल लगायतका कम्पनीमा लगानी छ।

सिप्रदीमा मात्रै १४ सयभन्दा बढी कर्मचारी कार्यरत छन्। राणा पारदर्शी व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राख्छन्। त्यही भएर लगातार उनी व्यक्तिगत रुपमा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुँदै आएका छन्। उनका कम्पनी कर विवादमा परेको छैन।

पोहोर जावलाखेल डिस्टिलरीका विजयबहादुर साहले सर्वाधिक आयकर तिरेर राज्यबाट सम्मानित भएका थिए।

सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्छ। यसपाली कर दिवसको अवसर पारेर सम्मान गरेको हो।

सम्मान अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्। पोहोर साहको आय जग्गा-जमिन बिक्रीका कारणले समेत बढेको थियो। सरकारले व्यक्तिगत आयकर तिर्नेको रकम भने खुलाउँदैन ।

5050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका