जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • जथाभावि कर्जा प्रवाह नगर्न गभर्नर अधिकारीको बैंकरहरुलाई आग्रह

जथाभावि कर्जा प्रवाह नगर्न गभर्नर अधिकारीको बैंकरहरुलाई आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई कर्जा प्रवाहमा संयमित हुन आग्रह गर्नुभएको छ । बाणिज्य बैंकहरुका सिइओहरुको संस्था नेपाल बैंकर्स संघका पदाधिकारीहरुसँगको भेटमा गभर्नर अधिकारीले उक्त आग्रह गर्नुभएको हो । उहाँले कर्जा प्रवाह अत्याधिक भएको, जथाभावि भएको हुँदा यसमा संयमता अपनाउन आग्रह गर्नुभयो । निक्षेप संकलन र कर्जा प्रवाहबीच तालमेल मिल्न जरुरी रहेको उहाँले बताउनुभयो ।

सो अबसरमा नेपाल बैंकर्स संघले गभर्नर महाप्रसाद अधिकारीलाई आधादर्जन माग अघि सारेका छन् । बैंकरहरुले मौद्रिक नीीतको समिक्षामार्फत विभिन्न बुँदालाई सम्बोधा गर्न आग्रह गरे । मुख्यगरी हाल पैदा भएको तरलताको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंकर्स संघको आग्रह छ । बैंकर्स संघको टोलीले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत तरलता समाधान गर्न गभर्नर समक्ष राष्ट्र बैंकलाई आग्रह गरेको हो । संघको टोलीले गभर्नर महाप्रसाद अधिकरी समक्ष तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो खुकुलो गर्नुपर्नेमा जोड दिइएको छ । त्यसैगरी ब्याजदर अन्तर, सेवाशुल्क तथा आधार दरका व्यवस्थाहरू पुनरवलोकन गर्नुपर्ने, पुनर्कर्जाको ब्याजदर अन्तर कम भएको भन्दै त्यसमा पुनरवलोकन गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी बैंकरहरुको ब्याजदर अन्तर, सेवाशुल्क तथा आधार दरका व्यवस्थाहरूमा पनि पुनरवलोकन गर्नुपर्ने, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज पाउनेगरी लगानी गर्न सकिने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारीएको छ ।

4610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका