जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखा अन्तर्गतको उप शाखा झलारी कार्यालयले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले कञ्चनपुर जिल्लाको शुल्लाफाटा नगरपालिका १२ कालागौडी निवासी स्व. मथुरा कार्कीको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको हो ।

उनको जंगली हात्तिको आक्रमनबाट मृत्यु भएको थियो । बीमा दाबी वापतको २ लाख ४९ हजार ५०३ रुपैयाँ उनको छोरा गणेश बहादुर कार्कीलाई हस्तान्तरण गरेको जनाएको छ ।

उनले २०६७ सालमा १ लाख रुपैयाँ बीमाङकको बीमा गरेका थिए । उक्त रकम स्थानीय वासीको उपस्थितीमा  क्षेत्रिय उप प्रमुख जयानन्द भट्ट, उप शाखा प्रमुख केशवराज पन्त, एजेन्सी म्यानेजर अम्वादत्त जोशी, वार्ड नं.१२ का वडा अध्यक्ष बली राना र झलारी उप शाखामा कार्यरत कर्मचारी चुडामणी पन्तले हस्तान्तरण गरेका हुन् ।

मृतक कार्कीका छोराले कम्पनीले मृत्यु दाबी भुक्तानी समयमा नै उपलब्ध गराई परिवारलाई राहात दिएकोमा कम्पनीलाई धन्यवाद दिए ।

2635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका