जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ३५६ प्रतिशतले बढ्यो सिडिएससिको आम्दानी, नाफामा पनि उछाल

३५६ प्रतिशतले बढ्यो सिडिएससिको आम्दानी, नाफामा पनि उछाल

आर्थिक वर्ष ७७/७८ मा सिडिएससिको आम्दानी ३५६ प्रतिशतले बढेको छ । कम्पनीले आ.व.२०७६/७७ मा रु. २० करोड ७१ लाख ८३ हजार आम्दानी कूल आम्दानी गरेकोमा आ.व.२०७७/७८ मा कम्पनीको आम्दानी ३५६ प्रतिशतले बढेर रु.९४ करोड ४१ लाख २३ हजार भएको छ ।

सिडिएससिले आ.व.२०७६/७७ मा खुद नाफा रु.७ करोड ८० लाख ८६ हजार आर्जन गरेकोमा आ.व. २०७७/७८ मा रु. ५० करोड ३६ लाख ४९ हजार खुद नाफा आर्जन गरेको छ । त्यसैगरी सिडिएससिको आ.व. २०७६/७७ मा ९ करोड ४ लाख ५ हजार खर्च भएकोमा सो रकम २६ प्रतिशतले बढेर रु. ११ करोड ३६ लाख ६० हजार खर्च भएको छ ।

सिडिएससिले आयकर बापत आ.व. २०७६/७७ मा रु.३ करोड ५१ लाख २६ हजार भुक्तानी गरेकोमा आ.व. २०७७/७८ मा रु. २५ करोड ५६ हजार भुक्तानी गरेको छ ।

सिडिएससिले गत आर्थिक वर्षको तुलनामा आ.व.२०७७/७८ मा ६१२ प्रतिशत बढी आयकर भुक्तानी गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाट आर्थिक वर्ष २०७६/७७ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सिडिएस एण्ड क्लियरिङ्ग लि. लाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाटु दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसर सम्मान पनि गरेको थियो ।

आ.व.२०७६/७७ मा कम्पनीको जगेडा कोषमा रु. १३ करोड २२ लाख ९० हजार रहेकोमा आ.व.२०७७/७८ मा रु.६७ करोड २२ लाख ६९ हजार रहेको छ । त्यसैगरी सिडिएससिको प्रति शेयर आम्दानी आ.व. २०७६/७७ मा रु. २६.०३ रहेकोमा आ.व. २०७७/७८ मा सिडिएससिको सेवा थप विस्तारबाट अम्दानीमा भएको वृद्धिले सिडिएससिको प्रति शेयर आम्दानी बढेर रु. १९१.२२ पुगेको छ ।

सिडिएससिले आ.व.२०७६/७७ मा शेयरधनीलाई १५ प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरेकोमा आ.व.२०७७/७८ मा 80 प्रतिशतले हुने रु. १२ करोड नगद लाभांश वितरण गरेको छ।

आर्थिक वर्ष ७७/७८ मा शेयरबजार नयाँ उचाईमा पुग्दा त्यसको समग्र लाभ सिडीएसलाई पनि भएको हो ।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका