जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • गेटवे पेमेन्ट सर्भिस र एनपीसीआई इन्टरनेसनल र मनम इन्फोटेकबीच सम्झौता

गेटवे पेमेन्ट सर्भिस र एनपीसीआई इन्टरनेसनल र मनम इन्फोटेकबीच सम्झौता

 गेटवे पेमेन्ट सर्भिसले अन्तरआवद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपीआई नेपाल) सञ्चालनका लागि भारतको एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतासँगै अब विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआवद्धता विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालनमा गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै, पेटीएम, गुगलपे, फोनपे) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको हो ।

यस सेवाको शुरुवातसँगै भारतीय नागरिक नेपाल आउँदा क्युआर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् । नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसीआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रुपमा शुरुवात गर्दै जाने गेटवे पेमेन्ट सर्भिसले जनाएको छ ।

उक्त सम्झौतामा गेटवे पेमेन्टका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र एनपीसीआई इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र भारतीय फिनटेक कम्पनी मनम इनफोटेका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।

3690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका