जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते २८ औ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले यस अगाडी सञ्चालक समितिबाट प्रस्तावित ६.६५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

२८ औ वार्षिक साधारणसभा संञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण इक्यूटीमा भएको परिवर्तन र तत् सम्बन्धी अनुसुचीहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँको ६.६५ प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ७२ हजार बोनस शेयर प्रदान गर्दा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३५ प्रतिशतका दरले हुने ३ करोड ८५ लाख नगद लाभाशको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले मर्जरको प्रकृयाँ अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।

3110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका