जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुमा क्यान्सर रोग, धेरैजसो वाणिज्य बैंकहरुद्वारा सी–आस्वाको नाममा दादागिरीः गर्भनर साब बेखबर !

वाणिज्य बैंकहरुमा क्यान्सर रोग, धेरैजसो  वाणिज्य बैंकहरुद्वारा सी–आस्वाको नाममा दादागिरीः गर्भनर साब बेखबर !

नेपालका २७ वाणिज्य बैंकहरु मध्ये ४ वटा वाणिज्य बैंकहरूले भने सी–आस्वाबाट आईपिओ भरेवापत निःशुल्क सेवा दिइरहेका छन् । २३ वटा वाणिज्य बैंकहरूले सी–आस्वा शुल्क लिने गरेका छन् । जसमध्ये एकपटक आईपिओ भरेबापत स्ट्यान्डर्ड चाटर्ड बैंकले सबैभन्दा बढी अर्थात १०० रूपैयाँ सी–आस्वा शुल्क लिने गरेको छ । यसका साथै अन्य बैंकहरुले पनि १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिएको पाइन्छ ।

त्यस्तै लक्ष्मी बैंक, नेपाल बैंक, नेपाल एसविआई बैंक, सेन्चुरी कमर्सियल बैंकले एक पटक आईपिओ भरेबापत २५ रुपैयाँ सी–आस्वा शुल्क लिने गर्छन् । त्यसैगरी, कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले प्रतिआवेदनको १० रुपैयाँ सी–आस्वा शुल्क लिने गरेका छन् ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एनएमवि बैंक, सिटिजन इन्टरनेशनल बैंक, एभरेष्ट बैंक र कुमारी बैंकले प्रतिआवेदनको सी–आस्वा सेवा शुल्क २० रुपैयाँ लिने गरेका छन् ।  ४ वटा वाणिज्य बैंकले सी–आस्वा वापतको रकम लिने गरेका छैनन् । यसरी शुल्क नलिने बैंकहरुमा नबिल बैंक, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैंक र मेघा बैंक लिमिटेड रहेका छन् ।

यसरी निःशुल्क दिइरहेको सेवामा एकाएक शुल्क लिन थालिएपछि यसबाट लगानीकर्ताहरुले आफूहरु ठगिने गरेको अनुभव गर्न थालेका छन् । कुनै कम्पनीले आईपिओ निष्कासन गर्ने वित्तिकै कम्तिमा पनि २५ लाखले आवेदन दिने गरेका छन् । तर कम्पनीहरुले निष्चित कोटा मात्र निर्धारण गरेका कारण कोटाभन्दा बढी पाउँदैनन् । आवेदनबाट सानो सानो रकम भने पनि काटिँदै जाने हुँदा सर्वसाधारण मर्कामा परेका छन् । बैंकहरु भने फाइदा कमाइरहेका छन् ।

तर पनि कसैले केही आवाज उठाएको पाइँदैन । निकम्मा राष्ट्र बैंक बोल्दैन । कारण के हो ? गर्भनर साब हेक्का होस् । सधैं नाफामा मात्रै ध्यान केन्द्रीत गर्दै आएका   छन् भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् । उनीहरुले आईपिओ जारी गर्ने वित्तिकै लगानीकर्ताहरुले सी–आस्वा शुल्कतिर ध्यान दिँदैनन् । छिटो आवेदन दिन पाए हुन्थ्यो भन्नेतिर मात्र ध्यान दिन्छन् । शुल्क कटाएपछि आईपिओ परे त केही थिएन, तर नपरे पनि आवेदन दिनेको उस्तै भीड हुने हुँदा सी–आस्वा शुल्कबाट ठगिएको लगानीकर्ताले पत्तै पाएका छैनन् । सर्वसाधारणबाट शुल्क लिइएको यस्तो पैसा सिधै बैंकलाई नै फाइदा हो । यता थोरै रकम जस्तो लागे पनि लगानीकर्ताहरु भने सबैजसो बैंकबाट सी–आस्वा सेवाबाट ठगिने गरेका छन् । अहिले २६ कम्पनी आईपिओ जारी गर्ने पाइपलाइनमा छन् । भन्दा फरक पर्दैन गर्भनर साब हेक्का होस् ।

4720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका