जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

चितवनको मालारानी गाउँपालिका-२ घर भई हाल नयाँ बानेश्‍वर बस्‍दै आएका ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई बुधबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ४ दिन कैद सजाय र ११ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

बञ्‍जाडेले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

नयाँ बानेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा बञ्‍जाडेलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अपराध महाशाखाले जनाएको छ ।

2695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका